citizens life insurance long ad
stcnepal long ad

ग्रिसमा दुई वटा रेल ठोक्किँदा दुई दर्जनको मृत्यु, दर्जनौं यात्रु घाइते

Nimb long ad
Prabhu Insurance Long Ad

ग्रिसमा दुई  वटा रेल ठोक्किँदा दुई दर्जन बढी यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एथेन्सबाट ३५० किलोमिटर उत्तरको लारिसा शहर नजिकै टेम्प भन्ने स्थानमा दूर्घटना भएको हो ।

अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने अस्पताल भर्ना गरिएका ८५ जना मध्ये दुई दर्जन बढीको अवस्था गम्भीर रहेकाले मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कार्गो रेल र यात्रुबाहक रेल ठोक्किएपछि रेलमा आगो लागेको र उक्त आगो सडकमा रहेका कम्तिमा डेढ दर्जन सवारी साधनमा पनि सल्किएको थियो ।

दुर्घटनामा परेको यात्रुबाहक रेलमा ३५० जना यात्रु रहेको खुलेको छ । आगो निभाएर उद्धार गर्न निकै मुस्किल भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

उद्धारका लागि सेनाको सहयोग मागिएको थियो भने दर्जनौं दमकल र एम्बुलेन्सहरु प्रयोग गरिएको थियो ।

स्थानीय गभर्नर कोस्टास अगोरास्टोसले भयंकर दुर्घटना भएको भन्दै घटनालाई बयान नै गर्न नसकिने भनेका छन् । रेल ठोक्किनुको कारण भने खुलेको छैन ।

IME Life
kumari