stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै कुवेती प्रधानमन्त्रीले दिए राजीनामा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
कुवेत सिटी, कार्तिक २९ । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन् ।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाएका छैनन् ।

सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन (श्रोत : दियोपोस्ट डट कम )

kumari bank
kumari
nawakantipur long