कोभिड–१९ को सङ्क्रमण नियन्त्रणबारे सोच्न जी २० लाई राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड–१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्ने विषयमा सोच्न जी २० का सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।
उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरू ल्याउनका लागि पनि उनले ती देशहरूलाई आग्रह गरेको बताइएको छ । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरूले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए ।
श्वका देशहरूले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरू अपनाएर यी समस्याको समाधान निकाल्न उनले सो आग्रह गरेका हुन् ।
महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले भने ।सोही बैठकमा उक्त सङ्गठनका विदेशमन्त्रीहरूले भने देशका सीमाहरू खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।
साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेश मन्त्रीहरूको सहभागिता थियो ।
सो बैठकमा सबै देशका विदेशमन्त्रीहरूले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए । रासस / सिन्ह्वा























