citizens life insurance long ad

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला गिरफ्तार

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।

सीएनएनका अनुसार ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको निगरानी गरेको तथा उनको तस्बिर तथा भिडिओ चीनमा पठाएको आरोप छ।

ती अमेरिकी महिलाको नाम वान्यिङ झाङ उर्फ ​​हेदर झाङ हो। उनी क्यालिफोर्नियाको इरभिन सहरकी घरजग्गा एजेन्ट हुन्।

एफबीआईले उनलाई लस एन्जलसबाट सांघाई जाने विमान चढ्न लागेका बेला पक्राउ गरेको हो। अमेरिकी अधिकारीहरूले उनलाई विदेशी सरकारका लागि काम गरेको आरोप लगाएका छन्।

IME Lifesidebar
kumari