stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाकिस्तानको निर्यात वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इस्लामावाद (पाकिस्तान)। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड डलर रहेको पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) ले सार्वजनिक गरेको व्यापारीक तथ्याङ्कले जनाएको छ ।

अघिल्लो महिनाको तुलनामा मे महिनामा आयात २१.४५ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको जनाइएको छ, जसले मासिक व्यापार घाटा ३९.४३ प्रतिशतले घटाएर दुइ अर्व ५९ करोड डलरमा झारेको छ । वार्षिक आधारमा निर्यात सन् २०२५ को मे मा दुई अर्व ६७ करोड डलरबाट १.२६ प्रतिशतले बढेर सन् २०२६ मे मा दुई अर्व ७० करोड डलर पुगेको बताइएको छ ।

सोही अवधिमा आयात पाँच अर्ब ६६ करोड डलरबाट ६.६३ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०२५-२६ (जुलाई-मई) को पहिलो ११ महिनामा पाकिस्तानको निर्यात अघिल्लो आर्थिक वर्षको समान अवधिमा २९ अर्ब ५६ करोड डलरबाट ५.६ प्रतिशतले घटेर २७ अर्ब नौ करोड डलरमा झरेको जनाइएको छ ।

यस अवधिमा आयात ५.९४ प्रतिशतले बढेर ६२ अर्ब ६६ करोड डलर पुगेको छ । यसको परिणाम स्वरूप जुलाई–मे को अवधिमा देशको व्यापार घाटा १७.४८ प्रतिशतले बढेर ३४ अर्ब ७६ करोड डलर पुगेको पीबीएसको तथ्याङ्कले देखाएको छ ।

IME Lifesidebar
kumari