stcnepal long ad
global ime bank long

विद्युतीय सवारी साधन अब २ मिनेटमै फुल चार्ज हुने,ब्याट्री स्वाप नेटवर्क सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चीनको ब्याट्री निर्माता कम्पनी सीएटीएलले विद्युतीय सवारी साधनको लागि विश्वकै तीव्र ब्याट्री स्वाप नेटवर्क चोको स्वाप इकोसिस्टम सञ्चालनमा ल्याएको छ। सो नयाँ सिस्टमले विद्युतीय सवारी साधन अब केवल २ मिनेटमा नै ब्याट्री परिवर्तन गर्न सकिनेछ ।

कम्पनीले विशेषगरी हल्का व्यावसायिक ट्रकलाई लक्षित गर्दै ब्याट्री स्वाप सिस्टम सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार नयाँ प्रविधिको प्रयोगबाट हल्का ट्रकमा ब्याट्री परिवर्तन गर्न मात्र २ मिनेट लाग्नेछ ।

यसले परम्परागत चार्जिङ प्रक्रिया वा फ्युल भर्ने समयको तुलनामा निकै ठुलो समय बचत गर्नेछ। यसले सवारी साधनको ८ वर्षे जीवनचक्रमा २ हजार घण्टाभन्दा बढी समय बचत गर्न सक्छ। साथै ऊर्जा खर्च पनि परम्परागत डिजेलबाट चल्ने हल्का ट्रकको तुलनामा झण्डै आधा कम हुने बताइएको छ।

सीएटीएलका मोड्युलर ब्याट्री स्वाप स्टेशन यात्रुवाहक सवारी साधनदेखि व्यावसायिक ट्रकसम्मका लागि उपयुक्त छन् । २.७ मिटरदेखि ३.७५ मिटर ह्विलबेस भएका सवारी साधनमा प्रयोग गर्न सकिने सो सिस्टमले कम्पनीका २५ किलोवाट आवर र ३५ किलोवाट आवर क्षमताका ब्याट्री प्याकहरूलाई समर्थन गर्छ ।

कम्पनीले आफ्नो स्वाप नेटवर्कलाई तीव्र गतिमा विस्तार गर्ने योजना पनि अघि बढाएको छ। हाल ग्वाङ्डोङ–हङकङ–मकाउ ग्रेटर बे क्षेत्रमा ३१ वटा स्वाप स्टेशन सञ्चालनमा छन्।

यसै वर्षको अन्त्यसम्म उक्त संख्या १४० पुर्‍याउने लक्ष्य राखिएको छ। कम्पनीले सन् २०२६ भित्र ३ हजारभन्दा बढी यात्रुवाहक तथा हल्का ट्रकका लागि स्वाप स्टेशन निर्माण गर्ने लक्ष्य लिएको छ।

IME Lifesidebar
kumari