stcnepal long ad
ime life insurance
global ime bank long

एसईई पुनर्योगका लागि ३३ हजारको निवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तरपुस्तिका खोज्न सुरु गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। त्यसमा चित्त नबुझेका ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तरपुस्तिक खोज्न सुरु गरिएको उनले जानकारी दिए। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ।

‘उत्तरपुस्तिका खोज्ने कार्य सुरु भइसकेको छ। नतिजा प्रकाशन हुन केही समय लाग्नेछ,’ अधिकारीले भने, ‘हामी कुनै बिदा उपयोग नगरी बिहान–साँझ पूर्ण क्षमताका साथ कार्य गरिरहेका छौँ, त्यसैले केही समय धैर्य गरिदिन अनुरोध गर्दछु।’

पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तरपुस्तिका पनि हेर्न पाउने उनले जानकारी दिए। त्यसपछि पुनःपरीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागिएको उनले बताए।

‘पुनर्योगको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिका हेर्नका लागि सूचना प्रकाशित गरिनेछ,’ अधिकारीले भने, ‘उत्तरपुस्तिका हेरिसकेपछि सोही प्रक्रियासँगै पुनःपरीक्षणका लागि पनि निवेदन दिन सकिने व्यवस्था गरिनेछ।’

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै, एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए।

गत चैत २९ गते एसईई सकिएको थियो। एसईईमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य विद्यार्थी थिए।

prabhu mahalaxmi
kumari