stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा दक्षिण कोरियाली आयातमा २५ प्रतिशतसम्म कर वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका गर्नुभएको छ । उहाँले गएको वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’  लगायतका  विभिन्न  उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताउनुभयो । दक्षिण कोरियाली सांसदहरूले सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरे पनि सम्झौता अनुसार ट्यारिफ घटाउन द्रुत गतिमा काम गरिरहेको ट्रम्पको भनाइ छ ।

दक्षिण कोरियाले आफ्ना केही सामानहरूमा कर बढाउने निर्णयको आधिकारिक सूचना नदिएको र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको बताएको छ ।

अहिले क्यानडामा रहेका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ–क्वानले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई भेट्न सकेसम्म चाँडो वाशिंगटनको भ्रमण गर्ने पनि भनिएको छ ।

दुई देशबीच गएको अक्टोबरमा दक्षिण कोरियाले अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो, जसमध्ये केही रकम जहाज निर्माणमा जाने सम्झौतामा पुगेका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा विदेश नीति लागू गर्न बारम्बार ट्यारिफलाई लाभको रूपमा प्रयोग गर्नुभएको छ । गएको शनिवार ट्रम्पले क्यानडालाई चीनसँग व्यापार सम्झौता गरेमा एक सय प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो ।

prabhu mahalaxmi
kumari