stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनसँगको सामीप्यता क्यानडालाई भारी पर्ने ट्रम्पको धम्की

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने गम्भीर चेतावनी दिएका छन्।

ट्रम्प एक वर्षअघि पुनस् ह्वाइट हाउस फर्किएपछि अमेरिका र उसको उत्तरी छिमेकी क्यानडाबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। पछिल्लो समय क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बेइजिङ भ्रमणका क्रममा चीनसँगको नयाँ रणनीतिक साझेदारीको प्रशंसा गर्दै करवृद्धिको समस्या सल्टाउन ‘ऐतिहासिक व्यापार सम्झौता’ भएको बताएपछि ट्रम्प थप आक्रोशित बनेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कार्नीको कदमको कडा आलोचना गर्दै क्यानडालाई चीनले अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्टु बनाउन खोजेको आरोप लगाएका छन्।

उनले चीनको प्रभावले क्यानडाको व्यवसाय, सामाजिक सञ्जाल र जीवनशैली पूर्ण रूपमा अस्तव्यस्त हुने दाबी गर्दै यदि क्यानडाले चीनसँगको सम्झौता अघि बढाए वासिङ्टनले तुरुन्तै सबै क्यानेडियाली उत्पादनमा १०० प्रतिशत ट्यारिफ (भन्सार महसुल) थोपर्ने चेतावनी दिएका छन्।

यी दुई नेताबीचको वाकयुद्ध मंगलबार डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकदेखि झन् चर्किएको हो। डाभोसमा कार्नीले अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा ‘विखण्डन’ आएको टिप्पणी गरेपछि ट्रम्पले कार्नीलाई आफ्नो स्वघोषित ुशान्ति समितिु ९बोर्ड अफ पिस० मा सामेल हुन दिएको निम्तो समेत फिर्ता लिएका छन्।

ट्रम्पले यो समितिलाई संयुक्त राष्ट्रसङ्घको प्रतिद्वन्द्वी निकायका रूपमा विकास गर्न खोजेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता व्यक्त भइरहेका बेला क्यानडासँगको सम्बन्धमा आएको यो दरारले नयाँ मोड लिएको छ।

क्यानडा आफ्नो निर्यातको तीन चौथाइभन्दा बढी हिस्साका लागि अमेरिकामै निर्भर रहेको अवस्थामा ट्रम्पको यो धम्कीले क्यानडाको अर्थतन्त्रमा ठूलो धक्का पुग्न सक्ने देखिएको छ। विशेष गरी कार, एल्युमिनियम र स्टिल जस्ता क्षेत्रहरू ट्रम्पको कर वृद्धि नीतिबाट प्रभावित भइरहेका छन्।

यद्यपि कार्नीले बिहीबार राष्ट्रिय सम्बोधन गर्दै क्यानडा अमेरिकाको कारण मात्र नभई दुई राष्ट्रबीचको साझेदारीले फस्टाएको भन्दै आफ्नो राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दृढता व्यक्त गरेका छन्।

IME Lifesidebar
kumari