stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अमेरिकामा नर्सिङ होममा विस्फोट, कैयौं मानिस घाइते र बेपत्ता भएको अनुमान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा फिलाडेल्फियाको नजिक रहेको ब्रिस्टल हेल्थ एन्ड रिह्याब सेन्टर नामक नर्सिङ होममा मंगलबार दिउँसो शक्तिशाली विस्फोट भएको छ।

विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै अन्य व्यक्ति घाइते भएका छन् वा अझै बेपत्ता छन्। बेन्सालेम भोलुन्टियर फायर डिपार्टमेन्टका अनुसार भवनको बेसमेन्टमा विस्फोट र आगलागी भएको थियो।

अधिकारीहरूका अनुसार आगलागी दुई अलार्म स्तरसम्म पुगेको थियो। पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोका अनुसार घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ र धेरै व्यक्ति घाइते भएका छन्। साँझ आयोजित पत्रकार सम्मेलनमा शापिरोले धेरै व्यक्ति अझै बेपत्ता रहेको जानकारी पनि दिएका छन्।

विस्फोट र आगलागीका कारण भवन आंशिक रूपमा ढलेको छ। घटनास्थलमा पेन्सिल्भेनियाका बक्स, मोन्टगोमेरी र फिलाडेल्फिया काउन्टीका साथै न्यु जर्सीको बर्लिङ्टन काउन्टीबाट दमकलकर्मीहरू परिचालित भएका थिए।

विद्युत् तथा ग्यास सेवा प्रदायक संस्था पेकोले विस्फोट हुनुअघि नर्सिङ होममा ग्यासको गन्ध आएको रिपोर्टमा प्रतिक्रिया जनाउँदै आफ्नो टोली घटनास्थलमा पुगेको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार केही व्यक्ति भवनभित्र फसेको आशंका पनि गरिएको छ।

स्थानीय समयअनुसार दिउँसो करिब २:१७ बजे विस्फोट भएको हो। यसअघि नर्सिङ होममा ग्यासको गन्ध आएको गुनासो प्राप्त भएपछि ग्यास कम्पनीको टोली जाँचका लागि पुगेको थियो। त्यही क्रममा अचानक विस्फोट भएको बताइएको छ।

घटनास्थलबाट कालो धुवाँ उठेको देखिएको थियो र क्षेत्रमा भागदौड मच्चिएको थियो। फायर ब्रिगेड, एम्बुलेन्स र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए।

प्रहरीका अनुसार सबै बासिन्दालाई बाहिर निकालिएको छ, तर हालसम्म कोही बेपत्ता छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन। ग्यास र विद्युत् आपूर्ति बन्द गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी छ।

prabhu mahalaxmi
kumari bank
kumari