stcnepal long ad
global ime bank long

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा दिनुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गर्नुभएको थियो ।

जेलेन्स्कीका एक प्रमुख सहयोगी समेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् ।

रूसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ।

युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ।

जेलेन्स्कीले भन्नुभयो, “न्याय मन्त्री जर्मन गालुशेन्का र ऊर्जा मन्त्री स्वितलाना ग्रिन्चुकमाथि आर्थिक हिनाविनाको आरोप लागेकोले उहाँहरूले तुरून्तै राजिनामा दिनुपर्छ ।”अनुसन्धानकर्ताहरूले भनेका छन्, “यस योजनामा दुबै मन्त्रीको संलग्नता थियो।”

जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोमा भन्नुभएको छ, “आर्थिक हिनाबिनाको आरोपपछि मन्त्री आफ्नो पदमा बस्न उपयुक्त हुनेछैन।”

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “युक्रेनको ऊर्जा क्षेत्रमा अझै पनि केही आर्थिक अनियमितताका घटनाहरू सुनिएका छन्। उनीहरू पनि कानुनी दायरामा आउनेछन् ।”

सरकारले यसअघि यस वर्षको सुरुसम्म ऊर्जा मन्त्री रहेका गालुशेन्कोलाई निलम्बन गरेको थियो तर उहाँमाथि भ्रष्टाचारको आरोप लगाइएको थाहा थिएन।

अनुसन्धानको केन्द्रमा रहेको राज्य परमाणु अपरेटर एनर्गोएटमले अन्वेषकहरूलाई सहयोग गरिरहेको जुलाईमा ऊर्जा मन्त्रालय सम्हालेका ग्रिनचुकले यसपहिले बताउनुभएको थियो ।

मङ्गलबार अदालतमा भ्रष्टाचारविरोधी अभियोजनकर्ताले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकट सहयोगी तैमुर मिन्डिचले यो योजनाको योजनाकार रहेको बताएका छन्।

जेलेन्स्कीले सोमबार आरोप घोषणा हुनुभन्दा केही समयअघि देश छाडेर भागेका मिन्डिचबारे अझै टिप्पणी गर्नुभएको छैन। उनको प्रोडक्सन कम्पनीले उक्त अनुसन्धान स्टुडियोको कामसँग सम्बन्धित नभएको बताएको छ ।

युक्रेनका प्रधानमन्त्रीले बुधबार भन्नुभयो, “किएभ प्रशासनले मिन्डिच र यस योजनामा आरोपित अर्का व्यापारी ओलेक्सान्डर सुकरम्यानमाथि व्यक्तिगत प्रतिबन्ध लगाइरहेको छ।”

IME Lifesidebar
kumari