citizens life insurance long ad
stcnepal long ad

टर्किले प्रक्षेपण गरेको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

टर्किको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

‘टर्कस्याट सिक्स ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभएको छ । उपग्रह ३५ हजार सात सय ८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कएस्याट सिक्स ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा छ ।

‘टर्कस्याट ६ए’ जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ । योसँगै टर्किएमा सञ्चारसम्बन्धी काममा घरेलु उपग्रहकै योगदान रहनेछ ।

IME Life
kumari