stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले जनाएको छ ।

सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९ प्रतिशतले घटेर ६.५७ ट्रिलियन पुगेको छ । पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ ।

अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २।८२ ट्रिलियन ओन पुगेको छ । चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र शुद्ध आय ७३।४ प्रतिशतले घटेर ६.३४ ट्रिलियन ओन पुगेको छ ।

सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१.६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २.१८ ट्रिलियन ओन रेकर्ड गरेको छ ।

चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार देखाएको छ । तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ ।

सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९.६६ ट्रिलियन ओनको राजस्वमा २.०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ ।

मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ ।

स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ । सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५.०४ ट्रिलियन ओनको राजस्वमा २.७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ ।

कम्पनीले ग्यालेक्सी एस २४ श्रृंखलामा ग्यालेक्सी एआईलाई एकीकृत गरेर एआई स्मार्टफोन बजारको नेतृत्व गर्ने लक्ष्य राखेको बताएको छ । सामसुङको टिभी र डिजिटल उपकरण युनिटले त्रैमासिकमा  १४.२६ ट्रिलियन  ओनको राजस्वमा ५० बिलियन ओनको परिचालन घाटा दर्ता गरेको छ ।

प्रमुख बजारहरूमा उपभोक्ताको भावना बिग्रिएको कारण समग्र टिभीको माग वार्षिक आधारमा कमजोर भएको छ । तीव्र प्रतिस्पर्धाको बीचमा लागत बढेको सामसुङले उल्लेख गरेको छ ।

सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन ओन थियो जसमा ४८.४ ट्रिलियन ओन सेमिकन्डक्टर युनिटमा २.४ ट्रिलियन ओन डिस्प्ले प्यानल डिभिजनमा खर्च गरिएको थियो ।

prabhu mahalaxmi
kumari