citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीद्वारा निवर्तमानअध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ दिवाभोज

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इटालियन चेम्बर अफकमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ ।

ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति रहेको थियो ।

सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।

अध्यक्ष सञ्जय अग्रवालले चेम्बरकोे मूल्यमान्यतालाई सुदृढबना उन ढकालको निर्णायक भुमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गर्नुभयो।

प्रत्युत्तर मन्तव्यमा तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदाय प्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिनुभयोे ।

एनआईसीसीआईले तत्कालिन निवर्तमान अध्यक्षनवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उहाँको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने र नेपाल र इटाली बीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरतादिने अपेक्षा गरेको छ।

एनआईसीसीको बारेमाः

नेपाल इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्थाहो । एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।

 

gold
himalayan life insurance long ad