macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

टेस्लालाई उछिन्दै चीनको बीवाइडी बन्यो विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

विश्वका सर्वाधिक धनी इलन मस्कको कम्पनी ‘टेस्ला’ लाई पछि पार्दै चिनियाँ कम्पनी ‘बीवाइडी’ विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता बनेको छ ।

सन् २०२३ को चौथो त्रैमासमा चिनियाँ प्रतिद्वन्द्वी भन्दा कम सवारी साधन डेलिभरी गरेपछि टेस्ला पहिलो पटक विश्वको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निर्माताको रुपमा शीर्ष स्थानबाट बाहिरिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकी कम्पनी टेस्लाले सन् २०२३ को चौथो त्रैमासमा ४ लाख ८४ हजार विद्युतीय कार बिक्री गरेको छ ।

जुन विश्लेषकहरुले अनुमान गरेको ४ लाख ७३ हजार भन्दा बढी भएपनि सोही अवधिमा चिनियाँ कम्पनी बीवाइडीले ५ लाख २६ हजार कार बिक्री गरेपछि टेस्लाले शीर्षक कायम राख्न नसकेको हो ।

एक देशक अघिसम्म अज्ञात जस्तै रहेको बीवाइडीले टेस्लालाई पछि पार्दै आफ्नो तीब्र उदयलाई प्रतिविम्बित गरेको छ । सुरुवातमा टेस्लाका मस्कले नै हल्का रुपमा लिएको बीवाइडीले अहिले उनकै कम्पनीलाई पछि पारेको हो ।

बीवाइडीलाई भेटरान लगानीकर्ता वारेन बफेटको समर्थन रहेको थियो । यद्दपि, पछिल्लो समय बफेटले बीवाइडीमा रहेको आफ्नो लगानी घटाउँदै लगेका छन् ।

बीवाइडीले अधिकांश सफलता आफ्नै मुलुक चीनमा हासिल गरेपनि कम्पनीले पछिल्लो समय युरोपसहित नयाँ विदेशी बजारहरुमा विस्तार गर्न ध्यान केन्द्रीत गरिरहेको छ ।

उपभोक्तामैत्री उत्कृष्ट मूल्य निर्धारणका कारण युरोपेली सडकहरुमा बीवाइडीका कारहरु बढ्दोरुपमा देखिन पनि थालिसकेको वित्तीय विश्लेषकहरुले बताएका छन् ।

बीवाइडीले त्रैमासिक कार बिक्रीमा टेस्लालाई पछि पारेपनि वार्षिक बिक्रीमा भने टेस्ला भन्दा अझै केही तल नै रहेको छ ।

गत वर्ष टेस्लाको वार्षिक बिक्री १८ लाख कार रहँदा बीवाइडीको १५ लाख बढी रहेको छ । यद्दपि, ब्याट्रीद्वारा सञ्चिालित र हाइब्रीड दुवैलाई जोड्दा भने बीवाइडीको वार्षिक कार बिक्री ३० लाख भन्दा बढी हुन जान्छ ।

himalayan life insurance
igi long
NTA long ad