stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकामा चर्केको आन्दोलनबाट ५५ अर्ब डलर क्षति भएको प्रारम्भिक अनुमान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।

मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो । अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ । क्षति भएका भवनहरुको संख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभर प्रदर्शन भइरहेको छ । मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौं प्रदर्शनकारीले देशव्यापी प्रदर्शन गर्दै आइरहेका छन् ।
आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नुपरेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा तोडेर प्रदर्शनकारीहरुले आन्दोलन चर्काउँदै लगेका छन् ।
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो बीचमा हजारौं पक्राउ परेका छन् भने सयौं घाइते भएका छन् । रासस–एपी
prabhu mahalaxmi
kumari