citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफ कर्मचारी संगठनको अध्यक्षमा हरि बहादुर खड्का निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनको विशेष महाधिवेशनबाट अध्यक्षमा हरि बहादुर खड्का सर्वसम्मतरुपमा निर्वाचित भएका छन्।

साबिक युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको थियो ।

साबिक प्राइम लाइफ र गुराँस लाइफमा कर्मचारी संगठन रहेको थियो । यूनियन लाईफ इन्स्योरेन्समा कर्मचारी यूनियन अस्तित्वमा आइसकेको थिएन । तीन कम्पनीको आपसमा मर्जर पश्चात कर्मचारी संगठन पनि एक भएका हुन्।

काठमाडौंको बानेश्वर बैङ्क्वेटमा सम्पन्न विशेष महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री, उपाध्यक्ष सेवक राय, महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी, सचिव तेज भण्डारी कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित २१ सदस्यीय कार्य समिति सर्व सम्मतरुपमा चयन भएका हुन् ।

नव निर्वाचित समितिमा साबिक तीनवटै बीमकका कर्मचारी समेटिएका छन्। खड्का साबिक प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको चौथो महाधिवेशनबाट अध्यक्ष पदमा पुन: निर्वाचित भएका थिए ।

कम्पनीको मर्जरको क्रममा अवकाश दिइएका कर्मचारीलाई उचित क्षतिपूर्ती दिलाउने र कार्यरत कर्मचारीहरुको योग्यताको आधारमा सम्मानजनक कार्यभार दिलाउने जिम्मेवारी यूनियनको काँधमा आइपरेको छ ।

स्वेच्छिक अवकाश योजना अन्तर्गत अवकाश रोजेका कर्मचारीहरुलाई मर्जर पश्चात कारोबार शुरु भएको दुई महिनाभन्दा पनि बढी अवधि पुरा भइसक्दा समेत व्यवस्थापनले क्षतिपूर्ती वापतको रकम भुक्तानी दिएको छैन। पीडित कर्मचारीहरु कम्पनीको मुख्यालयको मुलगेटमै धर्ना दिन बाध्य बनाइएका छन् ।

IME Life
kumari