prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नेशनल लाइफको प्रस्तावित लाभांश आजसम्म शेयर किन्नेले पाउने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण आज जेठ १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो ३५औं वार्षिक साधारण सभा जेठ २२ गते आयोजना गर्ने जनाएको छ । उक्त सभा कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको हो ।
सभाले सचालक समितिको तर्फवाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने, वोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनकिो साधारण सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग वमोजिम आर्थिक वर्ष २०७८/७९ मा भएको खर्च अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

१० जेठ २०८०, बुधवार ०८:०७ बजे प्रकाशित

NTA long ad
stcnepal long ad