prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

जेठ १४ गतेदेखि युनाइटेड अजोडको एकिकृत कारोबार

मर्जर पछि ६० करोड पूँजी आवश्यक पर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते आइतबारदेखि संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

आगामी आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रकृयाँ टुङ्ग्याएका हुन् ।

दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्ति गर्ने टुङ्गो लागिसकेको छ ।

साधारणसभाले ५ प्रतिशत बोनस शेयर पारित गरे सँगै युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड पुगेको छ । अजोडको चुक्ता पूँजी एक अर्ब रहेको छ ।

स्वाप रेसियोका आधारमा अजोडको चुक्ता पूँजी ८२ करोड ५० लाखमा झर्नेछ । मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नु पर्ने देखिन्छ ।

प्रभु इन्स्योरेन्ससँग मर्जर भाडिए पछि अजोडले युनाइटेडसँग मर्जरको सहमति गरेको थियो । प्रभुसँग स्वाप रेसियोमा कुरा नमिले पछि मर्जर भाडिएको हो ।

अजोडले युनाइटेडसँग मर्जर प्रकृयाँ टुङ्ग्याए पनि प्रभु इन्स्योरेन्सले अहिलेसम्म जोडि पाउन सकेको छैन । कम्पनीले चुक्ता पूँजी जुटाउन विदेशी रणनीतिक साझेदार भित्र्याउने योजना प्रस्तुत गरेको छ ।

९ जेठ २०८०, मंगलवार २०:३८ बजे प्रकाशित

NTA long ad
stcnepal long ad