हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा बिजय कुमार पन्त नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
बिजय कुमार पन्तलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ वर्षको लागि नियुक्त गरेको हो ।
























