citizens life insurance long ad
stcnepal long ad

भोलि वैशाख ७ गते एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि वैशाख ७ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बस्नेगरी १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

IME Life
kumari