citizens life insurance long ad
stcnepal long ad

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते बुधबार अन्तिम दिन हो ।  यस संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आजै सेयर खरिद गर्नुपर्छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्दैछ ।

गुराँस लाइफले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामासभाले यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्ससँग १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पास गर्नेछ । तिन कम्पनी एक भएपछि  हिमालयन  लाइफ इन्स्योरेन्सको  नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि छ ।

सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान १०.३० बजे भिडिको कन्फ्रेन्स माध्यमबार सुरु हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

IME Life
kumari