citizens life insurance long ad
stcnepal long ad

गुराँस लाइफ इन्स्योरेन्सको वैशाख ६ मा वार्षिक साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार चैत १४ गते  बसेको सञ्चालको समितिको  बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले यूनियन लाइफ र प्राइम लाइफसँग १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पास गर्नेछ । तिन कम्पनी एक भएपछि हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि छ ।

सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान १०:३० बजे भिडिको कन्फ्रेन्स माध्यमबार सुरु हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Life
kumari