prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

चैत ९ गतेबाट सानिमा रिलायन्स लाइफले एकिकृत कारोबार संचालन गर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । चैत ९ गतेबाट सानिमा रिलायन्स लाइफले एकिकृत व्यवसाय संचालन गर्ने भएका छन् । लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार (एकिकृत जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका हुन् ।

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । बीमा प्राधिकरणले यी कम्पनीलाई फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले यी दबै कम्पनीको संयुक्त मर्जर कमिटिको चैत ५ गते बसेको बैठकले चैत ९गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने जनाएको छ ।

दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् ।रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

७ चैत २०७९, मंगलवार ११:०५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad