citizens life insurance long ad
stcnepal long ad

सगरमाथा इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई करिब १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

इन्स्योरेन्सको बिहीबार  सम्पन्न २६ औं वार्षिक साधारण सभाले १२ दशमलव ४ प्रतिशत बोनस शेयर र कर प्रायोजनका लागि सोही बराबरको लाभांशको प्रस्ताव पारित गरेको हो ।

कम्पनी आर्थिक वर्ष २०७९/०८० को पुष मसान्तसम्म डेढ अर्ब बिमा शुल्क आर्जन गर्न सफल भएको जनाइएको छ ।

इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिकूल अवस्थाका बाबजुद कम्पनीले प्रगति जारी राखेको उहाँले उल्लेख गर्नुभयो । साधारणसभाले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग गाभिने प्रस्ताव पारित गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड बन्ने भएका छन् ।

दुई वटा कम्पनीको शेयर आदान–प्रदान अनुपात ८० बराबर १ सय हुने गरी स्वाप रेसियो कायम रहने लगायतका मर्जरको प्रस्ताव साधारणसभाले पारित गरेको थियो ।

IME Life
kumari