stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस ७ गतेबाट सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर बिहीबार पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले मंसिर २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।

मर्जरपछि सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता (१ः०.८२) सेयर अनुपात कायम हुनेछ । यी दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

IME Lifesidebar
kumari