stcnepal long ad
ime life insurance
national life
global ime bank long

ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो ।

३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि दिइएको छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका पसल, व्यापारिक प्रतिष्ठान, संघ–संस्था, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु लगायतलाई महानगरपालिकाले ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन भन्दै आएको छ । साथै साइनबोर्ड राखे बापतको शुल्क तिर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

IME Lifesidebar
kumari