कोराना बीमाको भुक्तानी सुरू हुँदै

काठमाडौं । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीले आज मंसिर १३ गतेदेखि कोरोना बीमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी सुरु गरेको छ । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ ।
यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपेको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।
हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेको बीमा समिति स्रोतले जनाएको छ ।