सात लघुबिमा कम्पनीलाई लाइसेन्स, कुन–कुनले पाए ?

काठमाडौं । नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले ३ लघु जीवन बिमा र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
लाइसेन्स पाउनेमा लघु जीवन बिमामा गार्डियन लघु जीवन बिमा (विराटनगर प्रदेश १), क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स (बिरेन्द्रनगर कर्णाली प्रदेश), लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्स (गण्डकी प्रदेश) लाई लाइसेन्स दिने निर्णय गरेको हो ।
त्यस्तै, नीर्जीवन लघुबिमातर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स (लुम्बिनी प्रदेश), नेपाल माइक्रो इन्स्योरेन्स (बागमती प्रदेश), स्टार माइक्रो इन्सुरेन्स (मधेस प्रदेश) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (सुदुरपश्चिम प्रदेश) ले लाइसेन्स पाएका छन् ।
प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको थियो । चुनावअघि नै लाइसेन्स दिन लागेको प्राधिकरणलाई निर्वाचन आयोगले लाइसेन्सको सबै प्रक्रिया रोक्न निर्देशन दिएपछि रोकिएको थियो । निर्वाचन सकिएलगतै मतगणना चलिरहँदा प्राधिकरणले लाइसेन्स वितरण गरेको हो ।