stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाईफको अभिकता भेला तथा सम्मान कार्यक्रम सम्पन्न 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनी लि.ले सुदुर पश्चिम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उ्क्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गर्नुभएको थियो ।

सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतज्य्बाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताउनु भएको थियो ।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गर्नुभएको थियो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाज्यूले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

IME Lifesidebar
kumari