stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्स कम्पनीले १३ करोड ४० लाख नाफा कमायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १३ करोड ६ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २ दशमलव ६३ प्रतिशतले नाफा बढाएको हो ।

यस वर्ष ६ दशमलव ४० प्रतिशत बढी २३ करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीको जगेडा कोष रकम ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ५ दशमलव २६ प्रतिशत कम कायम भएको हो ।

हकप्रद र बोनस शेयर मार्फत ७७ प्रतिशतले चुक्तापूँजी बढाएर  १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ पु¥याएको छ । कम्पनीको बीमा कोष रकम ४० प्रतिशत बढी  ३६ करोड ४७ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

यो तेस्रो त्रैमाससम्म ८५ करोड ८९ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले यस अवधिसम्म ६ हजार ६०३ वटा बीमालेख नबिकरण गरेको छ भने १ लाख १६ हजार ९४४ वटा बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ  १६४ दशमलव ८६ रुपैयाँ रहेको छ ।

 

IME Lifesidebar
kumari