सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा १५.४६ प्रतिशतले बढे

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा १५.४६ प्रतिशतले बढेर ५ करोड ६ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअधिमा यसले ४ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा जीवन बिमा कोषको आकार ५२.२६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यता, खुद बिमा शुल्क आर्जन सामान्य (०.३० प्रतिशत) ले घटेर ५४ करोड ९१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यसले ५५ करोड ८ लाख ४९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९३ पैसा छ ।