stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युनिभर्सल पावरको हिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनिभर्सल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ४ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड २४ लाख ८४ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ३८४.२२ प्रतिशतले धेरै हो ।

असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ३६ लाख ४९ हजार रुपैयाँबाट बढेर १२ करोड ४८ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो । युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ ।

जगेडा कोषमा २२ करोड ५६ लाख ५५ हजार रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७४ पैसा छ ।

prabhu mahalaxmi
kumari