प्रिमियर इन्स्योरेन्सले प्रस्ताव १५ प्रतिशत लाभांश गर्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत वर्षको लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो ।
जुन नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । प्रस्तावित ५ प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीले सेयरधनीले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर उक्त आवमा बोनसमा जोड दिएको कम्पनीले यो वर्षभने नगद लाभांश बढी जोड दिएको छ ।