stcnepal long ad
global ime bank long

ज्योति लाइफ इन्स्योरेन्स वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८० )को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ९४ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ७८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। समिक्षा अवधिमा बीमा शुल्क आर्जनमा १५ प्रतिशतको वृद्धि देखिएको छ ।)(

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। समिक्षा अवधिमा नाफामा १३३ प्रतिशतको वृद्धि देखिएको छ ।

२ अर्ब ४२ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब ३ करोड संचित छ। समिक्षा अवधिमा जगेडा कोष ५६ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा कम्पनीको लागि एकदमै महत्तवपूर्ण जीवन बीमा कोष करिव ५५ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ४ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा र प्रति शेयर किताबी मुल्य १४८ रुपैयाँ ३२ पैसा छ ।

IME Lifesidebar
kumari