citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युनियन लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट

आउँदा जगेडा र बिमा कोषमा वृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार यसको नाफामा भारी गिरावट आएको छ । समीक्षा अवधिसम्म कम्पनीले १ करोड २७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष यस युनियन लाइफ इन्स्योरेन्सले १३ करोड ३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ९०.२३ प्रतिशतले घटेको हो ।

लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढे पनि नोक्सानी व्यवस्थाका लागि कम्पनीले २० करोड ६९ लाख रुपैयाँ छुट्याएको छ। जसले यसको नाफामा प्रभाव परेको हो ।

असार मसान्तसम्म कम्पनीको जगेडा कोष ४०.४२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष यसको जगेडामा ७६ करोड ८८ लाख रुपैयाँ रहेको थियो । जीवन बिमा कोषको आकार ४७।३०५ ले बढेर ११ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष जीवन बिमा कोष ७ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो। खुद बिमा शुल्क आर्जन १५।२८ प्रतिशतले बढेर ७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

युनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ८ पैसा छ । युनियन लाइफ इन्स्योरेन्स प्राइम लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको छ ।

himalayan life insurance
igi long