आज सिटिजन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा
मर्जर तथा प्राप्ति मुख्य एजेन्डा
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज साउन ६ गते विशेष साधारण सभा बस्दैछ ।
विशेष साधारण सभा होटल हिमालय, कुपन्डोल ललितपुरमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले सभामा मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पेश गर्नेछ । यस्तै, सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
























