नेको इन्स्योरेन्सले सार्वजनिक गर्यो कृषि बिमा योजना
काठमाडौं । नेको इन्स्योरेन्सले कृषि बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने नारा सहित कृषि बिमालाई अभियानको रुपमा सञ्चालन गर्न लागेको हो ।
आम किसानहरुकोे घरघरमा गएर कृषि बिमा सेवा प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ । सरकारले कृषि बिमामा ८०५ अनुदान दिएपनि आम कृषकहरुको आकर्षण बढ्न नसकेको भन्दै नेकोले साना किसानहरुलाई लक्षित गरी अभियान सञ्चालन गर्ने जानकारी गराएको छ ।

























