stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा नयाँ संचालक समिति चयन अध्यक्ष द्वारा पद तथा गोपनियता ग्रहण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित हुनुभएको घोषणा निर्वाचन अधिकृतबाट गरियो ।

त्यसैगरी आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।

 

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराउनु भयो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक  राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत  एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari