citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

 

 

यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन, साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहि अनुरुप ’मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २।५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बमिालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बीमा योजनाको विशेषताहरु :

कम्पनीका अनुसार यो योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको दुई गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको दुई दशमलव पाँच गुणा प्रतिफल ग्यारेन्टीका साथ पाईने छ ।

अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिने छ ।

बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ भने बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।

मृत्यु भएमा :

यो योजनामा यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २।५ गुणा सम्म रकम भुक्तान गरिनेछ ।

यो बीमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ । यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।

यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ । यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

अतिरिक्त सुविधाहरुः

माथि उल्लेख गरिएको सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्युन थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइने कम्पनीले जनाएको छ ।

कर्जा सुविधाः

बिमितले यस बीमा योजनामा सहभागी भएको तीन बर्ष अवधि पुरा भइ ३ वर्षको बीमाशुल्क तिरी सके पछि सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिन पनि सक्नेछन् ।

योग्यताः

यो बीमा योजनामा सहभागी हुनको लागि न्युनतम वीमा शुल्क २५ हजार रुपैंयाँ रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्युनतम र अधिकतम बीमाङ्क रकम भने बीमाशुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि एक लाख रुपैंया वार्षिक बीमाशुल्क सात वर्ष सम्म सात लाख तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार प्रदान गरिने छ ।

थप न्युन बीमाशुल्क १४ हजार आठ सय ४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।

himalayan life insurance
igi long