stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सूर्या लाइफ इन्स्योरेन्स “थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१” बाट तीनवटा बिधामा सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सले ३० अप्रिल २०२२ मा  आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएकोछ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC , Indian Institute of Insurance लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

BIMSTEC  मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रस्ट्याएका थिए ।

उनले नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारेका थिए । साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठुलो भुमिका खेल्ने बताए ।

prabhu mahalaxmi
kumari