stcnepal long ad
global ime bank long

महजोडीले सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा निरन्तरता पाए 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर) मा आदरणीय व्यक्तित्व द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन ।

हस्ताक्षर समारोहमा कलाकार द्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उहाँहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पुर्याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याइ सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्दता जनाए ।

यसै क्रममा व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिनुभयो साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दुतको रुपमा समाजमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरु सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

 

IME Lifesidebar
kumari