citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्तामा सन्तोष प्रसाई

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रवक्तामा नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी  ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोड भन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा  १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उपशाखा कार्यालयहरुमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराईरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

gold
himalayan life insurance long ad