citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अब बीमा शुल्क भुक्तानी इसेवा मार्फत गर्दा आकर्षक क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने भएको छ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्न यो योजना ल्याएको हो ।

कम्पनीका बीमितहरूले इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजार सम्मको क्यास ब्याक पाउने छन् भने हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले बताएको छ ।

यस योजना आगामी कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नु पर्नेछ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी, शेयर कारोबारको भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज र बसको टिकट, स्कुल कलेज शुल्क भुक्तानी गर्न सकिने छ ।

 

himalayan life insurance
igi long