Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको संख्या १८ लाख नाघ्यो

civilbank long ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा २ अर्ब ९२ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १८ लाख १८ हजार ५२८ जना लगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा  असार २८ गते सोमबारसम्म सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।


२७ असार २०७८, आइतवार १७:४३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad