Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा सम्पन्न

civilbank long ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । उक्त सभा केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि पारित भएको कम्पनीले जनाएको छ ।

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित भएका छन् ।


२३ असार २०७८, बुधवार १२:५० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad