Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

माछापुच्छ्रे बैंकले असार ३१ गतेबाट ३ अर्बको ऋणपत्र निष्काशन गर्दै 

civilbank long ad

काठमाडौं । आगामी असार ३१ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र असार ३१ गतेबाट बिक्री खुल्ला गर्न लागेको हो ।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ ।

बैंकले निष्काशन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । असार ३१ गतेबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन्


२३ असार २०७८, बुधवार १२:३१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad