Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ ल्याउने प्रस्ताव : जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ ल्याउने प्रस्ताव :

civilbank long ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले  जेठ ३१ गते सोमबार तेस्रो वार्षिक साधारण सभा बस्दैछ । उक्त सभामा इन्स्योरेन्सले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । उक्त सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।


३० जेठ २०७८, आइतवार ०९:०४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad