Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.२८प्रतिशतले नाफा कमाए

civilbank long ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३०.२८ प्रतिशत धेरै हो ।

गत वर्ष कम्पनीले ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीले खुद बिमा शुल्क आर्जन ८२.१७ प्रतिशत ले बढाएर १ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

गत वर्ष सन नेपालले ७९ करोड १० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब ११ करोडबाट बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले महाविपत्ति कोषमा ३ करोड ६९ लाख रुपैयाँ राखेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ छ । रिजर्भ कोषमा ३३ करोड २२ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले १४ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउन बाँकी छ ।

यसले कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म आइपीओ ल्याउने प्रक्रिया भने अघि बढिसकेको छैन ।


२ जेठ २०७८, आइतवार ०९:२७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad