citizens life insurance long ad
stcnepal long ad

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीको २०७८ वैशाख २४ गते बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid -19) को कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै उक्त साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सुचना जारी नभए सम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी गराएको छ ।

बार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।

विशम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा जनरल इन्स्योरेन्स कम्पनीले आग्रह समेत गरेको छ ।

IME Life
kumari